आजदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद सुरु

31

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदैछ ।

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ दुई दिन सम्म आयोजना गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संवाद कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरबारे छलफल गर्ने, पर्वतीय क्षेत्रका मुद्दामा सबै पर्वतीय राष्ट्रको समान धारणा बनाउने र यो विषयमा गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउने उद्देश्य सो संवाद कार्यक्रम नेपालमा आयोजना गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुने ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा २५ देशका ५० भन्दा बढी विषयगत विज्ञहरुको सहभागिता रहनुका साथै २०० प्रतिनिधिहरुले कार्यक्रममा सहभागीता जनाउने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बंगलादेशका वातावरण, वन तथा जलवायु मन्त्री सबेर होसैन चौधरी र भुटानका कृषि तथा पशुपंक्षीमन्त्री योन्तेन फुन्टसोले सहभागीता जनाउनुहुनेछ ।

यस्तै, जलवायु परिवर्तनसम्बन्धी संयु�