काठमाडौं– पुर्व प्रधानमन्त्री एवम समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको बैंकिङ प्रणालीमाथि कडा प्रहार गरेका छन् । बैंकिङ प्रणली सुधार नहुन्जेल देशको अर्थतन्त्र उँभो नलाग्ने भट्टराईको दाबी छ ।
बैंकहरु आधुनिक सुदखोर बनेका छन् भन्दै भट्टराईले देश कंगाल हुने तर बैंकहरु धनी हुने कसरी भयो भन्दै उहाँले यस्तो प्रवृत्ति रोकिनुपर्नेमा जोड दिनुभएको छ ।
डा. भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न ‘बिग्रिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ खारेज गर्नुपर्ने सुझाव पनि राख्नु भएको छ ।
डा. भट्टराईले अहिलेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्नै नसक्ने दाबी गर्नुभएको छ । ‘अख्तियारसहितका संवैधानिक आयोगमा टीका लगाएर पदाधिकारी राखेपछि बिग्रिएको भट्टराईको तर्क छ ।
अख्तियारको विकल्प खोजौँ, लोकपाल बनाऊँ। त्यसो नभएसम्म भ्रष्टाचार रोकिँदैन र रोक्न सकिँदैन भन्दै उहाँले भ्रष्टाचारको कुरा आउनेबित्तिकै नेताहरुबीच एकअर्कालाई दोषारोपण गर्ने क्रम बढेको भन्दै यस्तो प्रवृत्तिबाट भ्रष्टाचार झन् मौलाउने जिकिर गर्नु भयो ।
‘सुन तस्करी काण्डदेखि एनसेलको कर र बालुवाटारको जग्गा किनबेच काण्ड हेर्दा भ्रष्टाचारको भयावह रुप बुझ्न सकिने दृष्टान्त दिदै अहिलेकै तरिकाले अख्तियारले भ्रष्टाचार घटाउँदैन। यसको विकल्पमा शक्तिशाली लोकपाल या अरु कुनै विकल्प चाहिने सुझाव पनि उहाँले राख्नु भएको छ ।
डा. भट्टराईले देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने हो भने अहिलेको कर्मचारीतन्त्रलाई नै भत्काउन सक्नुपर्ने सुझाव पनि राख्नु भएको छ ।


















