काठमाडौं– कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले फलफूल तथा तरकारीमा विषादी परीक्षण नरोक्न पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको जनाएका छन् ।
प्रधानमन्त्रीले दूतावासको पत्रबारे जानकारी नगराउँदा आफू सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको जनाएका छन् ।
शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ ।
उनले अघि भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो ।’


















