काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो भन्ने जानकारी दिने जनाएको छ ।
बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आज मात्रै ११ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । ‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् ।
उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ ।
















