सत्तासीन नेकपा निकट सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी सम्बद्ध ट्रेड युनियनमा प्रवेश

357

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको ट्रेड युनियनमा प्रवेश गरेका छन् ।

समाजवादी लोकतन्त्रिक ट्रेड युनियनका उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज गणेश पुडासैनीको अध्यक्षतामा शनिबार जोरपाटीमा आयोजित प्रवेश कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस, नेकपा, राप्रपा लगायतका पुराना दलहरुले श्रमिकहरुको समस्यालाई सत्ता प्राप्तिको सिँढीमात्र बनाएको जनाउँदै समाजवादी पार्टीले अधुरा रहेका सम्पूर्ण श्रमका समस्यालाई पुरा गर्ने उनले जनाए ।

पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री यादवले मजदुरहरुले विगतमा राजनीतिक आन्दोलनमा ट्याक्टरलाई ट्याकं बनाएर राजनीतिक परिवर्तन मुख्य भूमिका रहेको जनाए । मजदुरहरुको समानताको लागि आज ठूलो आन्दोलन हुनु पर्ने उनको जिकिर छ । उनले समाजवादको बारे बोल्दै भने, ‘हाम्रो समाजवाद भनेको हुने खानेको र हुँदा खाने बीचको समानता, गाउँ र सहरबीचको असमानताको अन्त्य, दलित र गैरदलित बीचको समानता हो ।’

समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका महासचिव डि.वि. सरोज राईले संचालन तथा वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले स्वागत गरेको उक्त प्रवेश कार्यक्रममा नेकपा सम्बद्ध ट्रेड युनियनका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सय जना भन्दा बढी मजदुरहरु समाजवादी सम्बद्ध ट्रेड युनियनमा प्रवेश गरेका थिए ।

नयाँ गाउँ खाने कथा– बोल्नमा शिरोमणी काम गर्नमा कछुवा भनेको के हो ?
उक्त प्रवेश कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सामुहिक सौदावाजी, न्युनतम बेतन र ट्रेड युनियन अधिकारसँग सम्बन्धित आइ.एल.ओ.का विभिन्न अन्र्तराष्ट्रिय अनुबन्धहरुबारे प्रष्ट पारे । उनले अहिले विश्वमा ‘बहु युनियन एक आवाज’को रुपमा ट्रेड युनियनहरु अगाडि बढेको जनाउँदै उनले पार्टीले अंगिकार गरेको सम्मुन्नत संघीय समाजवाद श्रमीकहरुको हीतमा रहेको जनाए ।

श्रेष्ठले तत्कालिन माओवादीले जनयुद्धका मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै अब जनयुद्धका मुद्धाहरुको वैचारिक उतराधिकारी पनि समाजवादी पार्टी नै भएको जनाए । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति व्यंग्य गर्दै उनले भने, ‘अहिले गाउँ गाउँमा नयाँ गाउँ खाने कथा सुरु भएको छ– बोल्नमा शिरोमणी काम गर्नमा कछुवा भनेको के हो रु त्यसको जवाफमा सबैले प्रधानमन्त्री के।पी। ओली भन्ने गरेको छ ।’

कार्यक्रममा समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा ट्रेड युनियन इन्चार्ज रकम चेम्जोङ्गले संघीय समाजवादले उत्पीडित जातिको हीत रक्षा गर्नुका साथै मजदूर वर्गीय राजनीतिलाई नेपालको विशिष्ट स्थितिमा सम्मुनत रुपमा उठाउने जनाए भने हिसिला यमीले समावेशी विकास र समृद्धि सहित मजदुर तथा श्रमिकको अधिकारका लागि पार्टीले सशक्त संघर्ष गर्ने जनाएका थिए ।

त्यस्तै समाजवादी लोकतन्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष नवराज ढकालले आज श्रमिकहरुको प्रवेशले आफुलाई हौसला मिलेको जनाए । उनले नयाँ प्रवेश गरेको सबै साथीहरुलाई उचित जिम्मेवारी दिने जनाउँदै आन्दोलनमा अब तयार रहन पनि आह्वान गरे । त्यस्तै पूर्व नयाँ शक्ति निकट ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङले नयाँ शक्ति पार्टी र ससफो नेपाल सम्बद्ध दुई महासंघ अब केही दिनमा एकिकरण हुने जनाउँदै श्रमिकहरुको बैकल्पीक शक्ति एकीकृत संगठनको रुपमा समाजवादी ट्रेड युनियन महासंघ बन्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here