प्ल्म्बरको काम भनेर साउदीको खाडीमा भेडा चराउने काममा ठगेर मानव तस्करी

253

काठमाडौं /  काठमाडौंको सिनामङ्गलस्थित रहेको  निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले कुवेतमा वैदेशिक रोजगारीमा जाने नेपाली महिला तथा पुरुषहरुसँग जनही एकलाख पचास हजारदेखि चारलाख सम्म असुलेको छ । एलटी नम्बर २२००५८ मा जाने कामदारहरुले जनही एकलाख पचास हजार तिरेका छन् ।

उक्त म्यानपावरका सञ्चालकहरु मेघनाथ भुर्तेतल,जीवनाथ भुर्तेल,चुडामणी पौडेल,फाल्गुणी प्रसाद भुर्तेल र अजय थापाले सरकारले लागु गरेको दस हजार लिन पाउने व्यवस्था विरुद्ध नेपाली कामदारहरु ठगिरहेका छन् ।

निलकमल ह्यूमन रिसोर्सले नेपाली महिलाहरुलाई हाउसमेडमै पठाएको छ । कम्पनीमा बस्ने व्यवस्था र घरमा काम गर्नुपर्ने भन्दै यसरी रकम असुलेको हो । हाउसमेड अथवा घरको काममा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध छ । कुवेतमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले जुनसुकै म्यानपावर कम्पनीबाट रोजगारीमा गए पनि एक लाख पचास हजार देखि तीनलाख सम्म तिर्नु पर्ने बाध्यता छ । त्यसै गरी टर्की मुलुकमा रोजगारीमा जाने नेपाली कामदारहरुले जनही तीनलाख पचास हजारदेखि पाँच लाख सम्म तिर्न बाध्य भएका छन् । वैदेशिक रोजगारीमा जाने सर्वसाधारण नागरिक यसरी ठगिई रहँदा नियमनकारी निकायहरु घुष लिएरै अल्मलिएका छन् । पूर्व स्वीकृति दिने वैदेशिक रोजगार विभाग नै हो । सरकार र विभागलाई म्यानपावर कम्पनीहरुले नागरिक ठगेको राम्रो जानकारी छ तर म्यानपावरलाई जथाभावी रकम उठाउन छुट दिइएको छ ।

खाडी मुलुकमा सामान्य वैदेशिक रोजगारीमा जाने सर्वसाधारण नागरिक पाइलै पिच्छे कमिसनमा बेचिएका छन् । म्यानपावरमा पासपोर्ट बुझाए वापत एजेन्टले दस हजारदेखि तीस हजार सम्म कमिसन लिन्छन् । एक लाख बीस हजार म्यानपावरले लिन्छ । एकलाख पचास हजार भयो । मेडिकलसम्म पु¥याउने एजेनट,दलालले प्रति कामदार पन्ध्रसय देखि पच्चीस सय सम्म कमिसन लिन्छ,अभिमुखीकरण तालिम दिने संस्था सम्म पु¥याउनेले प्रतिव्यक्ति चार सय कमिसन लिन्छ । वैदेशिक रोजगार विभागले सुचिकृत गरेका मेडिकल सेन्टर र अभिमुखीकरण तालिम दिने संस्थाहहरुले म्यानपावर,एजेन्ट र दलाललाई उक्त कमिसन वापतको रकम बुझाउने गरेका छन् ।

सर्लाही धनकौलीका राज मिश्र नाम गरेका एजेन्टले पासपोर्ट नम्बर ०७८९७६०६ रहेका नन्दलाल मुखिया लगायत तीन जनालाई साउदी अरबको एक कम्पनीमा पलम्बरमा पठाउने भनी रकम असुली भेडा चराउने काममा पठाउन थालेको पिडितहरुले जनाएका छन् । एजेन्ट मिश्रले साउदीकोलागि जनही एकलाख पच्चीस हजार भनेका छन भने तीन जनाबाट डेढलाख असुली सकेको पिडित नन्दलाल मुखिया,विरेन्द्र राय दनुवार र राम प्रभु ठाकुरले जानकारी दिएका छन् । विरेन्द्र राय दनुवारको पासपोर्ट नम्बर ०७१९३६४९ रहेको छ । नन्दलाल मुखिया र विरेन्द्र राय दनुवारको श्रमस्वीकृति निस्कि सकेको उनीहरुले जनाएका छन् ।

 प्ल्म्बरको काम भनेर रकम बुझाएका उनीहरुले साउदीको खाडीमा भेडा चराउने काममा श्रमस्वीकृति निस्किएपछि अत्तालिएका छन भने सँगै रकम बुझाएका रामप्रभु ठाकुरको भने अझै श्रमस्वीकृति निस्केको छैन् । एजेन्ट मिश्रले जिया ईन्टरनेश्नलबाट पठाउने भनी नन्दलाल मुखिया र विरेन्द्र दनुवारको ‘रिसेन्ट जब प्लेसमेन्ट’बाट श्रमस्वीकृति निकालेका छन् । पिडितका अनुसार मिश्रले सयौं तराइका गरिब नागरिकहरुलाई यसरी नै ठगेर खाडी पु¥याई मानव तस्करी गरेको आरोप पिडित मुखियाले लगाएका छन् । एजेन्टले भने जति रकम बोकेर उनीहरु अहिले गौशालाको एक गेष्टहाउसमा बसीरहेका छन् । भिजा उल्टो भएपछि उनीहरु वैदेशिक रोजगारीमा जाने मनस्थितिमा छैनन तर एजेन्टले रकम असुली सकेका कारण ऋण काढेर ल्याएको रकम कसरी असुल गर्ने भन्नेमा चिन्तित रहेका छन् । सयकडा तीन रुपैयाका दरले ऋण काडेर वैदेशिक रोजगारीमा जान लागेको जानकारी दिँदै एजेन्टले मानव तस्करी गरेको थाहा पाएपछि ऋण काडेर ल्याएको पैसा काठमाडौंका होटल र गेष्टहाउसमै बसेर सकिनेमा चिन्तित रहेका छन् ।

त्यसै गरी वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नम्बर ७६७ ले टर्की हुँदै युरोप मानव तस्करी गरेको खुलेको छ । पछिल्लो समय टर्की हुँदै युरोप मानव तस्करी गर्ने म्यानपावर कम्पनीहरुको संख्या बढ्दो छ । एलटी नम्बर २१३३८६ मा रहेका कामदारलाई जनही तीनलाख पचासहजार देखि पाँचलाख सम्म लिने गरेको पिडितले जनाएका छन् । सञ्चालक सुरेन्द्र तामाङले टर्की हुँदै यूरोप मानव तस्करी गरेको श्रोतले जानकारी दिएको छ ।

लाइसेन्स नम्बर ११०० (एघार सय) रहेको एस.एस.ग्रुप अफ मेनेजमेन्ट प्रा.लि.ले समेत टर्कीकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै मानव तस्करी गरेको सुचना प्राप्त भएको छ । उक्त म्यानपावरका सञ्चालक सन्तोष कुमार खत्रीले टर्कीकोलागि जनही पाँचलाख सम्म लिने गरेको पिडितले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here