बहुदलीय व्यवस्थालाई दलीयमा पुर्‍याइने

34

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको चर्चा चलिरहेकाले बहुदलीय व्यवस्थालाई दलीयमा पुर्‍याइने पो ही कि भन्ने चिन्ता लागेको जनाएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सदनमा बहुदलीय नै हुन्छ भने पनि संविधान संशोधनको चर्चा एकाएक चलिरहेकाले त्यसतर्फ चिन्ता बढेको जनाएका हुन्। यस्तै प्रचण्डले प्रधानमन्त्री ओलीले हुन्छ भनेको कुरा हुन्न हुने र हुन्न भनेको कुरामा हुन्छ भन्ने भएकाले संविधान संशोधनमा ओलीले बोलेको कुरामा विश्वास गर्न नसकिने टिप्पणी गरे।

उनले भने, ‘संविधान संशोधनको कुरा आउँदा बहुदलीयको ठाउँमा दुई दलीय त हुने होइन भन्ने भइरहेको छ। भन्न त प्रधानमन्त्रीले बहुदलीय नै हुन्छ भन्नुभयो। तर उहाँले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ भन्ने बुझ्नुपर्ने खालको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here