काठमाडौं / तीन बर्षदेखि लगातार आयोजना हुँदै आएको ‘एलजि सिने सर्कल अवार्ड’ले यस बर्षपनि हुने भएको छ । आयोजक सिनेमा सर्कल नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेद खुल्ला भएको जनाएको हो । आयोजकको अनुसार अवार्डमा बर्ष २०७५ भित्र सार्वजनिक प्रदर्शनमा आएका चलचित्रले निःशुल्क सहभागिता जनाउन सक्नेछन् ।
दिनेश डिसी प्रोडक्सन अवार्ड व्यवस्थापन रहेको कार्यक्रममा गतबर्ष बलिउड अभिनेता गोबिन्दा अतिथिको रुपमा सहभागी जनाएका थिए । अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायक, उत्कृष्ट नायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट अनस्कृन जोडी, उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट एक्सन निर्देशक, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पटकथा, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट सम्पादक, सर्वाधिक चर्चित अभिनेत्री, बर्षको सर्वाधिक चर्चित अभिनेता, उत्कृष्ट कमेन्डेबल फिल्म, बर्षको उत्कृष्ट भीएफएक्स, बर्षको उत्कृष्ट स्टन्ट, बर्षको सर्वाधिक चर्चित गीत, बर्षको उत्कृष्ट ट्रेलर र बर्षको उत्कृष्ट पोष्टर लगायत २२ बिधा रहेका छन् ।


















