किन दिए श्रीलंकाका लागि नेपाली राजदूतले राजिनामा ?

177

काठमाडौ, श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही दिन अघी पदबाट राजिनामा दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला राजननीतिक नियुक्तिमा राजदूत नियुक्त उनले परराष्ट्र मन्त्रालयको उच्च व्यवस्थापनले सहयोग नगरेकाले राजिनामा दिनुपरेको बताएका छन् । उनले सूचना र सम्वादबाट सरकारले बन्चित गर्न खोजेपछि राजिनामा दिनुपपरेको जनाएका छन् । सरकारले आर्थिक कुटनीतिलाई प्राथमिकता दिने बताइरहेकाबेला अर्थविद समेत रहेका प्याकुरेलको राजिनामाले सरकारको नीति र व्यवहारमा फरक देखिएको छ । प्याकुरेलको राजिनामा स्वीकृत भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here