सहभागीता नम्बर २२ कमला देवकोटा ।

264

गजल १

काेराेनाकाे महामारी विश्वभरि
कहर भयाे
क्रुरताकाे अागाे बल्याे माैनताकाे
प्रहर भयाे

विदेशमा श्रम बेची बसेका ती
युवाहरू
अाफ्नै धरा काेरीबाटी , स्वदेश
फिर्ने रहर भाे

अाेखतीकाे पत्ताे छैन लाखौंको
जिन्दगी गयाे
बाहिर फेर जाउँ लाग्छ गन्तव्य त्यो
डरह भयाे

मेराे देश दुखेको छ गीत गजल
गाउँ भन्छु
गति, यति, लय, छन्द भाँजो पाेर्ने
बहर भयाे

गगनभेदी चीत्कार याे नेपालीको
मुटु दुख्दा
कृषि कर्म उकास्ने गाेर्खालीकाे
ठहर भयाे ।

गजल २
म कमाई ल्याउला धन तिमी घर धान सानी
ढिंडो खाेले खाएर नि भुन्टाभुन्टी पाल्छाै नानी

जीव जगत चलेकाे छ माया प्रेमकाे डाेरी मैता
अापसकाे ठाकठुक परालको अागाे ठानी

माया प्रिति साटासाट गरिदामा हुन्न हानी
कर्कलाकाे पानी जस्तो दुई दिन्काे जिन्दगानी

ईश्वरकाे सृष्टि देखि माया उपहार जानी
याे प्रेमिल जाेडी बनाै दुःखलाई सुख मानी

हामी मिले निकालिन्छ नेपालमा धेर खानी
राष्ट्र राष्ट्रियता थेगाै खेर जान नदिउँ पानी ।

कमला देवकोटा नारानथान , काठमाडौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here