गजल १
रूपैयाँ पैसाकाे काम अाएन
समवेदनाकाे खाम अाएन
रूपैयाँ पैसाकाे काम अाएन
समवेदनाकाे खाम अाएन
प्रकृतिमा सधैं घाम लाएनि
सुखद शुभ र शाम अाएन
मस्जिद चर्च र धाम गएनि
अल्लाह येशु र राम अाएन
सबै तिर ठूलाे नाम भएनि
लास उस्काे कठै गाम अाएन
इष्ट र मित्रकाे लाम डराई
अथक मरेकाे ठाम अाएन ।
गजल २
उर्लदाे बैंसले मस्किएकी उनी
सुस्तरी चालले लस्किएकी उनी
प्रेम प्रस्ताव ली माैसमी भेटमा
लाजले माेहनी पस्किएकी उनी
पाइला चालियाे जिन्दगी सुम्पिई
हात याे लम्किदा ठस्किएकी उनी
याे मनै लाेभियाे लालची भावले
माैनतामा यहाँ हस्किएकी उनी
साथमा जे भयाे स्वर्ग भाे अनन्तः
सम्झदा कामले झस्किएकी उनी ।
पुष्कर अथक रेग्मी पाल्पा , तानसेन ।


















