एजेन्सी / रुसका छ वर्षका एक बालकले संसारका मानिसलाई नै अच्चमित पार्ने रेकर्ड बनाउन सफल भएको छ । इब्राहिम लियानोभ नामका बच्चाले २ घण्टाको समयभित्र ३ हजार २७० पटक पुसअप गरेर रेकर्ड बनाएका थिए । उनका यस किर्तिमानलाई रसियन बुक अफ रेकर्डस्मा सामेल गरिएको छ । उनले पुसअप गरेको भिडियो सोसल मिडियामा अहिले भाइरल भइरहेको छ । मिडिया रिपोर्ट अनुसार रुसको एक स्थानीय स्पोर्टस् क्लबले इब्राहिमको उक्त किर्तिमानबाट खुसी भएर ती बालकलाई पुरस्कारको रुपमा घर दिने घोषणा गरेको छ । इब्राहिम र उनका बुवा दुबैजना सो क्लबका सदस्य पनि हुन् । इब्राहिमको लक्ष्य गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराउनु हो । यसका लागि उनले हरेक दिन पुसअप गरिरहेका हुन्छन् । यसअघि गतवर्ष रुसमा एकजना पाँच वर्षका बालकले निरन्तर ४ हजा १०५ पटक पुसअप गरे रेकर्ड कायम गरेका थिए । उनलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आफन्त रमजान काडेरोभले पुरस्कारको रुपमा एक मर्सिडिज कार प्रदान गरेका थिए ।

















