पोखरा / कास्की प्रहरीले ‘पेन गन’ सहित लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषध कारोबारीको आरोपमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई पेन गनसहित प्रहरीले पक्राउ गरेको हो।
निजले लागुऔषध ओसारपसार, विक्री वितरण तथा हातहतियार बोकेर हिँड्ने गरेको सूचनाका आधारमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको जनाउँदै एसपी कार्कीले यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्ने जनाए । रानाभाटको साथबाट फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।


















