काठमाडौं प्रभु बैंकद्धारा साउदी अरबको मक्कामदिना जाने हज यात्रीका लागि सटही सुविधा उपलब्ध गराएको छ। बैंकले राजधानीको घण्टाघरस्थिर मस्जिदमै गएर सटही सुविधा उपलब्ध गराएको हो। करिव १२ सय नेपाली हजयात्रीहरुले सटही सुविधा लिएका छन्। राष्ट्र बैंकको नियम अनुसार एक जनाले बढीमा १५ सय डलर बराबर सटही सुविधा पाउने भएका छन् । बैंकले बुधबार वीर अस्पतालमा एक्सटेन्सन काउन्टर खोलेको छ। कर्मचारी र बिरामीलाई लक्षित गरी काउन्टर खोलिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।

















