आईएमई पे ले एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने

45

काठमाडाैं ।  आईएमई पे ले पहिलाे पटक एअरलाइन्सकाे टिकट काट्ने ग्राहकहरुलाई छुट दिने भएकाे छ ।

आईएमई पे ले  एअरलाइन्सकाे टिकट खरिद  गर्दा  प्रोमो कोडको प्रयोगमार्फत् फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको हाे ।

यस  अफरअन्तर्गत आईएमई पेमार्फत् पहिलो पटक टिकट खरिद  गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ ।

सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एअरलाइन्सका टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यकासाथ ल्याइएको यो अफर भदाै २४ गतेदेखि शुरु भएको हाे ।

पहिलो एक हजार योग्य सेवाग्राहीलाई अफर अन्तर्गतकाे छुट प्रदान गरिने कम्पनीले जनाएकाे छ । यो अफर पहिलो पटक एअरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र रहेकाे आईएमई पेले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here