सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता

47

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुवास नेम्वाङ सिद्धान्तनिष्ठ नेता भएको भन्दै उनको स्मरण गरेका छन्।

नेम्वाङ सिद्धान्तनिष्ठ भएको कारण उनको एकैपटक मृत्यु भएको केसीको तर्क छ। राजनीतिक र सैद्धान्तिक रुपमा चुकेका नेताहरुको एउटै जीवनमा पटक–पटक मृत्यु हुने गरेको तर नेम्वाङ सिद्धान्तनिष्ठ भएका कारण उनको एकैपटक मृत्यु भएको केसीको भनाइ छ।

नेम्वाङको पार्थिव शरिरमा श्रद्धान्जली अपर्ण गर्ने क्रममा एमाले पार्टी केन्द्रीय कार्यलय च्यालसमा केसीले मंगलबार दिउँसो यस्तो बताएका हुन्। मुलुकको पूर्व सभामुख, संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गएराति निधन भएको हो।

नेम्वाङलाई स्मरण गर्दै केसीले भने,‘जो सिदान्त निष्ठ छ उसको मृत्यु एकैपटक हुन्छ, धेरै मान्छेको धेरै पटक मृत्यु किन हुन्छ भने राजनीतिक र सैद्धान्तदिक रुपमा धेरै पटक चुक्छन्।’

नेम्वाङमा वास्तवमै सभामुख हुने क्षमता रहेको भन्दै कानुनी, राजनीतिक र सैद्धान्तिक रुपमा पनि क्षमतावान भएको स्मरण गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here