सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

66

काठमाडौं। स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिनुभयो ।

त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

सरकारले उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here