राष्ट्रिय वाणिज्य बैंकको देशभर दुई सय २ वटा शाखा कार्यालय सञ्चालनमा

47

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत् रूपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । यस पश्चात् बैंकको देशभर दुई सय २ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

उक्त अवसरमा माननीय मन्त्री धनराज गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउँदै नगरको समग्र विकासमा बैंकको महत्त्वपूर्ण भूमिका हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here