सरकारी विद्यालयमा मदिरा खाएर नाचगान !

319

चितवन / चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा खाएर नाचगान गर्दै गरेका प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको नयाँ बन्दै गरेको भवनमा मंगलबार राति मदिरा पार्टी गरेका उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयले जनाएको हो ।

विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल पक्राउ परेका हुन् । हिरासतमा राखेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here