अवैध लागूऔषध सहित पक्राउ

176

काठमाडौं / चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड चारआलि बस्ने २२ वर्षीय आकाश लिम्बु र काठमाडौं गोगंबु बस्ने २४ वर्षीय विशाल मगर रहेका छन् । उनीहरुमध्ये लिम्बुको साथबाट लागूऔषध ब्राउनसुगर ५.८४ ग्राम र मगरको साथबाट लागूऔषध ब्राउनसुगर ०.४० ग्राम बरामद भएको छ । कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ६३७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लिम्बु र मगरलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सर्लाही जिल्लाको बिष्णु गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा करिब ३ केजी आज बिहान बिहान प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० एम २५९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मोटरसाइकल छाडेर भागेकोले मोटरसाइकलको सिटमुनी लुकाइ राखेको उक्त अवैध लागूऔषध गाँजा र मोटरसाइकल प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here