विश्वकप छनोटमा नेपालको पहिलो खेल कुवेतसँग खेल्ने

151

काठमाडौं / आगामी सन् २०२२ को फिफा विश्वकप, कतार र सन् २०२३ को एसियन कपको लागि दोस्रो चरणको छनोट (एसिया) मा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ।

एएफसीले बुधवार विश्वकप र एसियन कपको लागि संयुक्त छनोटको रुपमा रहेको ड्र सार्वजनिक गरेको थियो। जसअनुसार नेपाल एसियन पावर हाउस अष्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत सम्मिलित समूह बी मा छ। एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपालले समूहको पहिलो खेल कुवेतसँग आगामी सेप्टेम्वर ५ तारिखमा खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। उक्त खेल नेपालले घरेलु भूमिमा खेल्ने भएको छ । तर अहिलेसम्म नेपालले कुन मैदानमा खेल्ने टुङ्गो भने लागिसकेको छैन।

होम एण्ड अवे प्रणालीमा हुने यस छनोट प्रतियोगितामा नेपालले ४ खेल घरेलु मैदानमा खेल्न पाउनेछ र ४ खेल विदेशि मैदानमा खेल्नेछ। नेपालको दोस्रो खेल सेप्टेम्वर १० मा चाइनिज ताइपेईसँग हुनेछ। तेस्रो खेल अक्टोबर १० मा बलियो टोली अष्ट्रेलियासँग उसैको मैदानमा रहेको छ।

यस्तै चौथो खेल अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्नेछ भने पाँचौ खेल कुवेतसँग नोभेम्वर १९ मा हुनेछ। यस्तै २०२० मार्च २६ मा चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ भने मार्च ३० मा अष्ट्रेलियासँग नेपालले घरेलु मैदानमा खेल्नेछ। नेपालले अन्तिम खेल जुन ४ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here