अफ्रिकामा इबोलाको संक्रमण

214

एजेन्सी / घातक रोग इबोलाको महामारीको त्रास कंगोमा फेरि फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यहाँ संकटकाल घोषणा गरिसकेको छ । सीमा क्षेत्रमा कडा निगरानीका साथै अति संवेदनशिलता अपनाइएको छ । कंगोमा मात्रै इबोलाका कारण अहिलेसम्म १६ सय जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो साता फेरि इबोलाका बिरामी भेटिएपछि यसबारे उच्च शतर्कता अपनाइएको हो । स्वास्थ्यकर्मीले भने यसपटक अघिल्लो पटक भन्दा बढी सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । कंगोमा मात्रै चारपटक इबोलाको महामारी फैलिएको छ ।

कंगोबाट अन्यत्र पनि इबोला फैलनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । युगान्डा र रुवान्डामा पनि उच्च शतर्कता अपनाइनुपर्ने जनाइएको छ । इबोलाको संक्रमण अहिलेसम्म २ हजार ५ सयमा देखिसकेको छ । तीमध्ये दुईतिहाईको मृत्यु भइसकेको छ । पछिल्लो साता पनि इबोलाका बिरामी देखिन थालेपछि शतर्कता अपनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here