४० वर्षदेखि कपाल नधुने व्यक्ति

449

एजेन्सी / भारतको एक राज्यमा यस्ता व्यक्ति रहेका छन् जसले ४० वर्षदेखि कपाल धोएका अनि काटेका छैनन् । यो सुन्दा खेरी अचम्म तथा पत्यार नलाग्ला तर यो घटना साँचो हो । बिहार राज्यको मंगेरमा बस्ने सकलदेव टुड्डु नाम गरेका ती व्यक्तिले आफ्नो जटा फेटा झैं गरी बाँध्ने गरेका छन् । उनको कपाल ६ फीट लामो जटा छ र यसलाई भगवानको आशीर्वाद मान्ने गरेका छन् । ४० वर्षअघि एक रात उनको कपाल आफैं जटामा परिणत भएको र यसलाई उनले भगवानको आशीर्वादका रूपमा लिएको जनाए।

भगवान् सपनामा आएर कपाल नकाट्न भएको अनि आफूले त्यो निर्देशन अहिलेसम्म पालन गरिरहेको उनी जनाउँछन् । भगवानको भक्तिमा लागेकोले रक्सी पिउन र चुरोट तान्न पनि छोडेका छन् । त्यसो त साधुहरूले पनि जटा पाल्छन् तर सकलदेवको कपाल एउटा ठूलो जटा बनेको छ । यसलाई सफा राख्न उनी सेतो कपडा बेरेर बाहिर निस्कन्छन् ।

उनले जटा बाँधेनन् भने कपाल जमीनमा लतारिन्छ । उनी साधु जस्तो देखिने अनि विनम्र स्वभावका भएका कारण छिमेकीहरू उनलाई महात्मा भनी बोलाउँछन् । उनी परम्परागत चिकित्सा पनि गर्छन् । निःसन्तान दम्पतीलाई उनी घरेलु उपचार गर्छन् । सकलदेवले वन विभागमा ३१ वर्ष काम गरेका छन् र उनी पत्नी रुपिया देवी, तीन छोरा, तीन छोरी र सात नातिनातिनासँग बस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here