धनगढीको शहिद गेटमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते

256

काठमाडौं– कैलालीको धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ ।

बिहीबार बेलुका धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो ।

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here