पहिरोले अवरुद्ध वीपी राजमार्ग एकतर्फी खुल्यो

408

काठमाडौं– पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध भएको वीपी राजमार्ग एकतर्फी खुलेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको थियो ।

डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।

एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here