सिके राउत जसरी विप्लव पनि आए भने वार्तामा बस्न तयार छौं: मन्त्री बास्कोटा

222

काठमाडौं- सरकारले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव नेतृत्वको नेकपासँग वार्ता हुने जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले वार्ता नगर्ने जनाए । सञ्चारमन्त्री बास्कोटाले भने, ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’

उनले भने, ‘मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा आउनु भएन भने ?,
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए वार्ता गर्ने मन्त्री बास्कोटाले प्रष्ट पारे । ‘सिके राउतको झैं शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आउनुहुन्छ भने जुनसुकै बेला कुरा गर्न तयार छौं’ मन्त्री बास्कोटाले भने ।

‘हिंसा छोडियो, संविधान मानियो, प्रतिपर्धामा आइयो’ भनेपछि सबै मिल्ने भन्दै उनले अघि भने, पहिलो केही विगारेको भए पनि भइयो नि त भन्न सकिन्छ,’ तर हिंसासहित वार्ता हुँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here