आर्थिक वर्षको दोस्रो दिन बढ्न सकेन सेयर बजार

182

काठमाडौं ।  साताको अन्तिम दिन सेयर बजार सामान्य रुपले घटेको छ । नयाँ आर्थिक वर्षको दास्रो दिन भएता पनि पहिलो दिनको सुधारको संकेत देखा परेको छैन । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबारमा कारोबार समयको सुरुमा क्रमिक रुपमा उकालो लागेको नेप्से परिसूचक अन्तिम समयतिर भने सोही क्रमले ओरालो लागेको थियो । तर, केही तीब्र गिरावटले बजार नकारात्मक बनाएको हो ।

आज नेप्से २.३७ अंकले घटेर १२७२.४९ अंकमा पुगेको छ । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स पनि ०.२७ अंकले घट्यो । यसदिन पनि कारोबार रकम कमै रह्यो । बजारमा दिनभर १५८ कम्पनीका १२ लाख ५० हजार कित्ता सेयर ४१ करोड १३ लाख रुपैयाँमा किनबेच भएको थियो ।

कारोबार रकममध्ये सबैभन्दा धेरै छिमेक लघुवित्तको संस्थापक सेयर पाँच करोड १७ लाख रुपैयाँको कारोबार भयो । समूहगत उपसूचकतर्फ वित्त र लघुवित्त बाहेक सबै समूह नकारात्मक रह्यो । बजार घटेको दिन नेपाल हाइड्रोका लगानीकर्ताले सर्वाधिक ९।२४ प्रतिशत कमाउँदा मेरो लघुवित्तको सेयर मूल्य ६।८ प्रतिशतले ओरालो लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here