दाङ । ६ बाम दलहरु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले आज नेपाल बन्द गरेको हुन्।
नेपाल बन्दको प्रभाव देउखुरीको विभिन्न ठाँउमा बिहानैदेखि परेको छ। एमसिसी विरोधमा विप्लव नेतृत्वको नेकपा लगायत ६ राजनीतिक दलले बन्दको आह्वान गरेको हो । बन्दका कारण देउखुरीको विभिन्न ठाँउमा लमही, भालुवाङ, गढवा राजपुरलगायतका ठाँउमा जनजीवन प्रभावित बनेको हो। बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् ।
सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय ठाँउमा सीमित मात्रामा मोटरसाइकल चलेका छन भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ । बन्द सफल पार्न भन्दै मंगलवार साँझ जिल्ला जिल्लामा नेकपाका लगाएतका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए ।
शिक्षण संस्था लगाएत सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योग, ब्यापारी, कलाकारखाना लगायतालाई सहयोगको अपिल गरेको सूचना जारी गरेको थियो। बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी चल्न नपाउँदा उनीहरु अलपत्र छन् । लमही ट्राफिक प्रहरी कार्यालय लमहीले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । वडा प्रहरी कार्यालय लमहीले कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाको पूर्ण तयारी रहेको बताएको छ।
















