IMS केयरद्वारा आफ्नो न्यूरोड स्थित सेवाकेन्द्र पुनःसञ्चालन

122

काठमाडौं / IMS केयरले न्यूरोड पाको स्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुन:सुचारु गरेको छ र आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको छ ।

यस सर्भिस सेन्टरको Samsung इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक तथा उप–सभापति Yubeom Won,  IMS ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, Samsung इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र IMS ग्रुपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्रा द्वारा समुद्घाटन भएको छ ।

ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउँदै जाने IMS ग्रुप अध्यक्ष  दिपक मलहोत्राले जानकारी दिनुभयो ।

IMS ग्रुपको बारेमा  :

आइएमएस ग्रुप विगत २७ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ । विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल २०ं वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here