धनगढी बम विष्फोटको जिम्मा ‘विप्लव’ नेकपाले लियो

119

 काठमाडौं /   बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् । यसअघि पार्टीका कैलाली जिल्ला इन्चार्जले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here