काठमाडौं / मोतीहारी–रक्सौल–अमलेखगन्जमा इण्डियन आयल कर्पोरेसन(ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएको छ ।
नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार अहिले पाइपबाट तेल आपूर्ती जारी छ । औपचारिक रुपमै तयारी पूरा गरेर तेल आपूर्तिलाई सहज गर्न यसको सुरुवात भएको हो ।
बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।
निगमका अनुसार भारतको पटनाबाट बिहान विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको थियो ।
पाइपमार्फत पठाइएको पानी र डिजेल बिहिबार रातीनै अमलेखगन्ज आइपुग्ने भनिएपनि ढिला गरेर शुक्रबार बिहान करिब ८ः३० बजेमात्र आइपुगेको छ ।


















