विश्व च्याम्पियनसिप प्रतियोगितामा भाग लिन मुआथाई संघका खेलाडी थाइल्याण्ड प्रस्थान

177

काठमाडौं / अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुन लागेको विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९ मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन् । साउन ४ देखि १३ सम्म आयोजना हुने प्रतियोगितामा भाग लिन नेपाली खेलाडी र पदाधिकारी थाइल्याण्डको बैंकक गएका हुन् । गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट सम्बन्धन प्राप्त गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिप आयोजना हुन लागेको हो । मुआथाईको जन्मभूमिमा थाइल्याण्ड भएकाले आयोजना सोही स्थानमा गर्ने तय भएको थियो ।

प्रतियोगितामा नेपालबाट महिलातर्फ ५१ केजी तौल समूहमा तुलसी थापा मगर, पुरुषतर्फ ५४ केजी तौल समूहमा आविश्कार सुनार सहभागी हुँदैछन् । अफिसियल तथा संयोजकको भुमिकामा संघका महासचिव सुदिप पण्डित क्षेत्री रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाल मुआथाई संघका अध्यक्ष भिम सिंह गुरुङले विदाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here