ट्वीट गरेर राष्ट्रपतिको मन जिते एक युवाले, राष्ट्रिय छुट्टीको घोषणा

183

एजेन्सी / टर्कीका एक व्यक्तिले ट्वीटरमार्फत निकै सामान्य धारणा व्यक्त गरेर उनी चर्चाको शिखरमा पुगेको छ । उनले ‘म सँग एउटा आइडिया छ ।’ यो हामीले भनिरहेको होइन, भनेर ट्वीट गरेका थिए । निकै सामान्य वाक्य थियो । यही ट्वीट गरेका कारण उनलाई हिरो बनाइदियो । एनस साहिन नामका ती व्यक्तिको सो ट्वीट यति भाइरल बन्यो कि उक्त ट्वीटमा ५५ हजारभन्दा धेरै जनाले प्रतिक्रिया जनाए । त्यसको प्रभाव यति ठूलो भयो कि त्यसले सरकारको पनि ध्यानाकर्षण गर्यो र एउटा महत्त्वपूर्ण निर्णय गर्न सरकार बाध्य भयो ।

वास्तवमा उनले आफ्नो ट्वीटरमा लेखेका थिए, ‘मसँग एउटा आइडिया छ । हामी राष्ट्रिय वृक्षरोपण दिवसको घोषणा किन नगर्ने । हरेक वर्ष हामी एक दिन बिदा लिन्छौं र वृक्षरोपण गर्दछौं । आउनुहोस् हामीले विश्वका लागि एउटा उदाहरण पेश गरौं र आउने पिँढीलाई हराभर देश सुम्पिऊ ।’

उनको त्यो ट्वीटमा टर्कीका राष्ट्रपति एर्दोगनले कमेन्ट गर्दै भनेका छन्, ‘एनस यो एक महान सोच हो । हामीले सदैव एक हराभरा टर्कीका लागि काम गरेका छौं र आगामी दिनमा पनि यसो गर्नेछौं । म र मेरा सहकर्मीहरु यो जिम्मेवारी लिन्छौं कि हाम्रो पनि एक राष्ट्रिय वृक्षारोपण दिवस होस् ।’ त्यसपछि उनले राष्ट्रपतिलाई धन्यवाद दिँदै लेखे, ‘राष्ट्रपति महोदय म निकै खुसी छु कि तपाईंले मेरो आह्वानमा जवाफ दिनुभयो । तपाईं सयौं हजार युवाहरुको आवाज हुनुहुन्छ, हामी आभारी छौं ।’

अन्ततः सरकारले वृक्षरोपणका लागि राष्ट्रिय बिदाको घोषणा गर्यो । सरकारी घोषणा हुनु अगावै साहिनको ट्वीटमा हजारौं मानिसले आफ्नो प्रतिक्रिया जनाइसकेका थिए । साथै उनी आफैं पनि वृक्षरोपणका लागि अघि बढिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here