मेगा बैंकबाट सामुदायिक अस्पताललाई ३ लाख बारबारको एइडी मेसिन सहयोग

219

काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नंं ११ मा स्थित युनाइटेड मिसन टु नेपाल ओखलढुंगा सामुदायिक अस्पतालको लागि अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एइडी) मेसिन हस्तान्तरण गरेको छ।  बैंकले सामाजिक अभियान अन्तर्गत उक्त मेसिन सहयोग स्वरूप हस्तान्तरण गरेको हो।

सहयोगस्वरूप हस्तान्तरण गरिएको मेसिनको मूल्य ३ लाख ६० हजार रुपैयाँ रहेको बैंकले जनाएको छ। एइडी मेसिन आकस्मिक रूपमा मुटुको धड्कन बन्द भएका बिरामीहरुलाई सुरुकै अवस्थामा ल्याउन प्रयोग गरिन्छ।

ओखलढुंगा सामुदायिक अस्पतालका निर्देशक टुकबहादुर श्रीमललाई डेपुटी सिइओ श्रेष्ठले मेसिन हस्तान्तरण गरेकी थिइन्। मेसिनबाट सामान्य मूल्यमै बिरामीलाई सेवा दिइने अस्पतालका निर्देशक श्रीमलले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here