चलचित्र ‘एकलव्य’ को रोमान्स भिडियो सार्वजनिक

270

काठमाडौं / नेपाली कथानक चलचित्र ‘एकलव्य’ को दोस्रो गीत सार्वजनिक भएको छ । आगामी साउन १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको पारिवारिक प्रेमकथामा आधारित रहेको छ । युवराज चौलागाई र मेलिना राईको स्वर रहेको गीतमा शब्द तथा संगीत राजेन्द्र बजगाईंको छ । प्रेम भाव बोल्ने गीतमा फिल्मका प्रमुख अभिनेता सोनाम थापामगर र अभिनेत्री ओसन भट्टराई फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्र ‘एकलव्य’ का निर्देशक अनमोल शर्मा हुन् ।

उनका अनुसार, चलचित्रले समाजका विभिन्न अपराधिक घटनालाई उठाइएको छ । सोनाम र ओसिन भट्टराईसँगै पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, महिला सिलवाल, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको मुख्य भूमिका रहेको छ । ‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

चलचित्रमा कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीतरसंगीत, भोजराज देवकोटाको पटकथा सम्बाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन रहेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेता सोनामले ‘एकलव्य’ उत्कृष्ट बनेको दाबी गर्दै दर्शकलाई हेर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here