काठमाडौं / नेपाली चलचित्र आजबाट ‘घर’ प्रदर्शन भएको छ। यस चलचित्र भूतको कथामा आधारित हो। चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ। यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्।
यस ‘घर’ चलचित्रमा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमाल छन् । यस्तै अर्पण थापालाई पनि अभिनय गर्दै गरेको देख्न सकिन्छ। यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। कथाको लेखन पनि अर्पण थापाले नै गरेका हुन्।


















