कुवेतमा बिचल्लीमा परेकी महिलाको उद्धार

86

काठमाडौ, कुवेतमा बिचल्लीमा परेकी एक महिलालाई उद्धार गरी नेपाल फर्काइएको छ । नुवाकोट, महाकाली गाउँपालिका कि अनु तामाङलाई नेपाल फर्काइएको हो । उनी दलालको प्रलोभवमा परेर कुवेत पुगेकी थिइन् । उनलाई दलालले राम्रो काम लगाइदिने आशमा छ महिनाअघि भारत हुँदै कुबेत पुर्याएका थिए । त्यहाँ उनीमाथि शारीरिक तथा मानसिक यातना दिइएको थियो । यसबारे तामाङले सामाजिक सञ्जालमा गुनासो गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

तामाङलाई शुक्रबार बिहान ११ः०० बजे एयरअरबिया एयरलायन्सबाट नेपाल फर्काइएको हो । पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here