चिनियाँ ग्याँस उद्योगमा विस्फोट हुँदा २ जनाको मृत्यु, १२ सम्पर्कबिहीन

85

-एजेन्सी

बेइजिङ–चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् ।

देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ५।५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ । –एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here