अलकटेल स्मार्टफोन नेपाली बजारमा

103

काठमाडौं / अलकटेल ब्रान्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । यस ब्रान्डको मोबाइल नेपाली बजारमा चार प्रकारका फोन आएका हुन्।

अलकटेल थ्री, थ्रीएल,वनएस र थ्रीएक्स स्मार्टफोन नेपाली बजारमा आएका हुन्। अनलाइन सपिङ साइट डराजमा पाइने यी स्मार्टफोनको अधिकतम मूल्य २१ हजार रहेको छ।

अलकटेल थ्रीको मूल्य २१ हजार ४९० रुपैयाँ रहेको छ। ६४ जिबी मेमोरी भएको यो फोनमा र्‍याम भने चार जीबी रहेको छ। यसको अगाडिको क्यामेरा १३ मेगापिक्सल छ भने पछाडीको क्यामेरा १६ प्लस ५ मेगापिक्सल छ। फोरजी भोल्टे सपोर्ट गर्ने यो फोनको ब्याट्री ३५०० एमएएच रहेको छ। त्यसैगरी ३ जिबी र्‍याम र ३२ जिबी मेमोरी भएको यही फोनको मूल्य १८ हजार ५९० रहेको छ।

त्यस्तै वनएसको मूल्य १४ हजार ७९९ रुपैयाँ रहेको छ। ३ जिबी र्‍याम र ३२ जिबी मेमोरी भएको यो फोनमा अगाडिको क्यामेरा ५ मेगापिक्सल छ भने पछाडीको क्यामेरा १६ प्लस २ मेगापिक्सल छ। फोरजी भोल्टे सपोर्ट गर्ने यो फोनको ब्याट्री ३०६० एमएएच रहेको छ। त्यस्तै थ्रीएक्सको मूल्य १४ हजार ७९९ रुपैयाँ रहेको छ। ३ जिबी र्‍याम र ३२ जिबी मेमोरी भएको यो फोनमा अगाडिको क्यामेरा ८ मेगापिक्सल छ भने पछाडीको क्यामेरा १६ प्लस ८ मेगापिक्सल छ। फोरजी भोल्टे सपोर्ट गर्ने यो फोनको ब्याट्री ३००० एमएएच रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here