पेट्रोल र डिजेलको अभाव सुरु, भन्सारमा पेट्रोलियम गाडी रोकिए

91

धनुषा /  प्रदेश २ का जिल्लाहरूमा पेट्रोल र डिजेलको अभाव सुरु भएको छ । अविरल वर्षासँगै आएको बाढीले सडक अवरुद्ध भएपछि नेपाल आयल निगम धनुषाको महेन्द्रनगरबाट महोत्तरीका विभिन्न स्थानमा पुग्ने बाटो र भारतको बिहारस्थित बरौनीबाट नेपाल आयल निगम धनुषासम्म आउने बाटो ठाउँ–ठाउँमा अवरुद्ध भएको छ ।

जलेश्वर भन्सार कार्यालय महोत्तरीमै १६ र भारतको समस्तीपुरमा करिब २० वटा पेट्रोलियम गाडी रोकिएका छन्  । त्यस्तै, धनुषाको महेन्द्रनगरस्थित नेपाल आयल निगमबाट समेत पेट्रोल पम्पहरूमा गाडी आउन सकेका छैनन् ।

गत शनिबार आएको बाढीले मुख्य तथा सहायक सडकहरू कटान गरेपछि जलेश्वर भन्सार कार्यालय हुँदै आउने मालबाहक गाडी थन्किएका छन् । सदरमुकाम जलेश्वर तथा महोत्तरीका अन्य क्षेत्र, धनुषा तथा प्रदेश २ का अन्य जिल्लामा जाने सामग्रीहरू पुर्‍याउन सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here