विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

299

काठमाडौ- प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। लामा काँडाघारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई गए राती १२ बजे पक्राउ गरिएको हो । लामासँगै विप्लवका कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन् ।

लामामाथि नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनको मुख्य योजनाकार भएको आरोप छ । उपत्यकामा श्रृंखलाबद्ध रुपमा बम विस्फोट भएपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।

लामा कुशल गीतकार एवंम संगीतकारको भुमिकामा छन् ।  माइला लामाले गाएका गीतहरु भिडियोसहित यहाँ प्रस्तुत छ । साथमा सुमन घिमिरेको भिडियोसहितको  गीत  पनि यहाँ प्रस्तुत छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here