साम्राज्ञी फेरि विवादमा

290

काठमाडौं- चर्चित अभिनेत्री साम्राज्ञी शाहलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारणले उनको आलोचना भयो त कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।

भदौ १३ मा रिलिज हुने फिल्म ‘मारुनी’ र दशैं टार्गेट फिल्म ‘रातो टिका निधारमा’ को छायांकन सकेपछि केही दिनको ‘होलिडे ट्रिप’ का लागि अभिनेत्री साम्राज्ञी प्रेमी देवाङ्कससँग इन्डोनेशियाको बाली पुगेकी छन् । बालीको एक समुन्द्री किनार नजिक उनले रातो विकिनीमा खिचेका तश्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । तश्विरलाई लिएर दर्शकबाट उनले ताली कम गाली ज्यादा पाइरहेकी छन् ।

शुक्रबार दिउँसो प्रेमीसँग समुन्द्री किनारमा रातो विकिनीमा रोमान्स गरेको तश्विर बाहिरिएपछि भने साम्राज्ञीको फेरि एकाएक चर्चा चुलिएको छ । तीन तश्विरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तश्विरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए । धेरैले यसलाई अपाच्य तश्विरको रुपमा ब्याख्या गरेका छन् । भने, यसले साम्राज्ञीको छविमा समेत असर पुग्ने कतिपयको टिप्पणी छ ।

हुनत, सेलिब्रेटीहरुको पनि पर्सनल लाइफ हुन्छ । आम सर्वसाधारण जसरी उनीहरु पनि खुलेर रमाउन चाहन्छन् । माक्सबिना निर्धक्क हिँड्न चाहन्छन् । तर, स्वदेशमा त्यो अवसर निकै कम मिल्छ । यसकारण उनीहरु ‘क्वालिटी टाइम स्पेन्ड’ गर्न विदेश निस्कन्छन् । नेपालमा कुर्था(सुरुवालमा देखिने अभिनेत्री पनि विदेश पुगेपछि विकिनी लगाउँछन् । र, पोज(पोजका तश्विर सामाजिक सञ्जालमा साझेदार गर्छन् । तर, कहिले काहिँ साधारण लागेको तश्विरले पनि असाधारण रुप धारण गर्ने गर्छ ।

अभिनेत्री साम्राज्ञीलाई प्रेमीसँग मस्ती मुडमा देखिएको तश्विर पाच्य लागे पनि दर्शकलाई भने पचाउन गाह्रो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here