संक्रमण जोखिमका कारण न्याय परिषद्का सबै काम ठप्प

235

काठमाडौं – कोरोना संक्रमण जोखिमका कारण न्याय परिषद् बैठक बस्न सकेको छैन। तीन महिनादेखि बैठक अवरुद्ध हुँदा न्यायाधीशमाथिको छानबिन र सरुवाको काम रोकिएका छन्।

‘कोरोनाका कारण परिषद् बैठकलगायत सबै गतिविधि ठप्प छन्। कार्यालय पुगेर काम गर्न सक्ने अवस्थै छैन’, परिषद् प्रवक्ता मानबहादुर कार्कीले भने, ‘परिषद् बैठक बस्नै कठिन भएको छ। बैठकको मिति पनि तोकिएको छैन। उजुरी छानबिन, न्यायाधीश सरुवा सबै रोकिएको छ। सरुवा भएर पनि तोकिएको अदालतमा जाने कसरी? ’

लकडाउन सुरु हुनुअघि गत फागुनसम्म परिषद्मा न्यायाधीशविरुद्ध परेका ८५ उजुरीमाथि छानबिनको काम चलिरहेको थियो। खराब आचरण, आचारसंहिता उल्लंघन, कानुनको अपव्याख्या, अनियमितता, बदनियत, कार्यक्षमताको अभावजस्ता आरोप ती न्यायाधीशमाथि छन्।

परिषद् पदाधिकारी र परिषद् कर्मचारीलाई कोरोना त्रासका कारण कार्यालय जान कठिनाइ भएपछि न्यायाधीशमाथिको छानबिनको कार्य रोकिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here