साफ उपविजेता महिला फुटबल टोली सम्मानित

82

काठमाडौं / पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि सम्मान गरेको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले सम्पूर्ण खेलाडीलाई सम्मान गरेका हुन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । साफको फाइनलपछि महानगरले उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो । फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here