खुट्टाको अपरेशन गर्दा बिरामीको ज्यान गएपछि तनावग्रस्त विराटनगर

177

विराटनगर  / आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिलकुमार शाहको घुँडाको अपरेशनको क्रममा ज्यान गएपछि अस्पतालको लापरवाहीले भएको भन्दै मृतकका आफन्त र स्थानीयले दुहवी बजार बन्द गराएका छन् । सुनसरीको दुहवीका स्थानीयले सोमबार दुहवी बजार बन्द गराएका हुन् ।

कोशी राजमार्ग अन्तर्गतको दुबही क्षेत्रमा सडकमा प्रदर्शन गरेर स्थानीयले यातायात अवरुद्ध पारेका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आएका मृतकका आफन्तले सडक अबरुद्ध पारेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग राख्दै मृतकको शव समेत उठाएका छैनन् ।

आइतबार रातिसम्म वार्ता भए पनि कुनै निस्कर्ष नआएपछि पीडितका आफन्त सडकमा पुगेका हुन् । वार्तामा अस्पतालले मृतकका परिवारलाई २ लाख दिने भनेको र मृतकका आफन्तले भने मृतकलाई फिर्ता ल्याईदिए १ करोड दिन्छौँ भनेका थिए । यसमा कुरा नमिलेपछि वार्ता भाँडिएको थियो । वार्ताको बारेमा पटक पटक पहल भइरहे पनि डा।सुनिलसँग नबस्दासँम्म कुरा मिल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

बिहीबार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिलकुमार साहको आईतवार बिहान ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here