काठमाडौं- नायक रमित ढुंगानाले तीन वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका छन् । १८ लाख पारिश्रमिक बुझेको चर्चा भएको फिल्म ‘राजा साहेब’ मा उनी प्रमुख भूमिकामा देखिँदैछन् ।
सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मूहुर्त पनि गरिएको छ ।
बिचल किरातीको निर्देशनमा बन्न लागेको फिल्ममा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने छ ।
यो फिल्मबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् ।
‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने फिल्ममा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्ममा सिसम डागी सह–निर्माताका रुपमा रहेका छन् ।
निर्देशक राईकै लेखन रहेको फिल्ममा ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने छ । पवन गौतमले खिच्ने फिल्मलाई समिर मियाँले सम्पादन गर्नेछन् । बुधबारबाट छायांकनमा जाने फिल्म तिहारमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाइएको छ ।
‘राजा साहेब’ का लागि उनले आफ्नो गेटअपमा परिवर्तन ल्याएका छन् । उनले फिल्मका लागि कपाल र दाह्री निकै बढाएका छन् ।
फिल्ममा आफ्नो भूमिकाबारे रमित भन्छन्, ‘फिल्मको नाम ‘राजा साहेब’ भए पनि कथा राजाको होइन । आफूलाई राजा ठान्ने एक युवकको हो ।



















