थाइल्याण्डमा अलपत्र १० नेपाली विद्यार्थीको उद्धार

386

काठमाडौ, अध्ययनका शिलशिलामा थाइल्याण्ड पुगेर अलपत्र परेका १० जना नेपाली विद्यार्थीलाई बंैककस्थित नेपाली दूतावासले उद्धार गरेर नेपाल पठाएको छ । काठमाडौको बागबजारस्थित किर्तिपुर अब्रोड स्टडिज नामक कन्सल्टेन्सीमार्फत बैंकको इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेश स्कुलमा फुड एण्ड वेभरेज अध्ययनका पुगेका उनीहरु अलपत्र परेका थिए । उनीहरुले सम्झौता अनुसार तालिम र सुविधा नपाएपछि नेपाली दूतावासमा निवेदन दिएका थिए । उनीहरुमध्य तीन जनलाई साउन १ गते र बाँकी ७ जनालाई साउन ३ गते नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here