अब आफ्नै घरको कुहिने फोहोरबाट यसरी अर्बौको आम्दानी गर्न सकिन्छ

215

काठमाडौं– कुहिने फोहोर सहरको प्रमुख समस्या हो । फोहोर थान्को लगाउने निकायलाईपनि टेन्सन, बेलामा फोहोर बिसर्जन नहुँदा नागरिकलाई झनै टेन्सन । त्यही फोहोरले फोहोर या सफा सहर भन्ने विश्वमा परिचय बदल्नेपनि त्यही फाहोर । तर फोहोरलाई जान्यो भने मोहोर हैन हज्जार हैन । लाखौँ, करोडौ, अर्बौको आम्दानी गर्न सकिन्छ ।

यस्तै घरभित्र थुप्रिने कुहिने फोहोरबाट घरभित्रै ग्याँस र अर्गानिक मल उत्पादन गर्ने इजरेली प्रविधि नेपाल भित्रिएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा देखा परिरहेको बेला नेपालमा पहिलोपटक वातावरणमैत्री मानिने इजरेली होम बायोग्याँस प्रविधि नेपालमा भित्रिएको हो ।

तीन महिनाअघि क्लिन इनर्जी नेपालले ल्याएको सो प्रविधिबाट घरमा जम्मा भएको फोहोरबाट सहज तरिकाले ग्याँस र अर्गानिक मल उत्पादन गर्न सकिने निर्देशक विपीन खेतानले जानकारी दिए । “तीन वर्षअघि प्रविधि ल्याएपछि हामीले काठमाडौंको वालुवाटार, वानेश्वरका साथै ललितपुर महानगरपालिका दुई विद्यालयमा समेत नमूना रूपमा परीक्षणपछि सफल भइसकेका छौं,” उनले भने, “नेपालमा पहिलोपटक भित्रिएको यो इजरायली प्रविधिबाट सजिलै घरभित्रै नकुहिने फोहारबाट ग्याँस र मल उत्पादन गर्न सकिन्छ ।”

खेतानका अनुसार हालसम्म आठ घरमा प्रविधि जडान गरिसकेकोमा एक वर्षभित्र एक हजार घरधुरीमा पु¥याउने लक्ष्य राखिएको छ । “अहिले सहरमा देखिएको फोहोरको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त प्रविधि आएको छ,” खेतान भन्छन्, “यो प्रविधिलाई पहिलो चरणमा नगरपालिकाभित्र पु¥याउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्र