नक्कली नेपाली रुपैयाँ एक हजार दरका ४ थान बरामद

828

बारा / आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको मदिरा पसलमा न्यौपानेले बियर खरिद गर्ने क्रममा दिएको एक हजार दरको १ वटा नोट नक्कली भएको भनी पसल संचालकले खबर गरे पश्चात खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई जाँच गर्दा निजको खल्तीमा थप हजार दरका थप ३ वटा नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here