प्रभु बैंकको नयाँ शाखा धादिङको आरुघाटमा सञ्चालन

95

धादिङ/  प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ विशालनगर आरुघाटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले उक्त शाखाको उद्घाटन भएको छ । कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने भएको छ । बैंकको आरुघाट शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here